आचार्य प्रभा (हाल अमेरिका)

'' संघर्षका पर्खालहरू''

तिमीले उन्मुक्त हासो हास्नका लागी
धेरै संघर्षका पर्खालहरू नाघ्न पर्यो शायद .....
के अब पनी तिमी त्यस्तै मीठो आशाको अभीष्टमा
अल्झी रहेका छौ ?
या त कुनै अर्कै आशारूपी मोहमा 
 फसिरहेकाछौ तिमी ?
 हो ...तिमीले मान्न  तैयार हुनु पर्छ,
 न्यानो आशा देखाएर तिमीलाई
इन्द्रेणी सपना सजाईदिने हजार हुन्छन् /
यसरी एक्पछि अर्को,
अर्को पछि अर्को सपना बुनिदिने
लाखौ आउछन त र ... पर्खाईको अंतरालभित्र
तिम्रा इच्छा, आकंछ्याहरूमाँ धमिरा लाग्न सक्छन /
तिम्रो जिजीबिषामा आघात पर्न सक्छन
त्यसैले मेरो अनुरोध,
झिनो आशाको प्रतिक्छ्यामा
तिम्रो अमूल्य समय नस्ट नगर /
कसैको झूठो आश्वसन्मा आफ्नो
मनुष्यत्व बन्धकी नराख
बरु ... सक्छौ भने संघर्षरत बन /
आफ्नो प्राक्रीतिक हासो बचाई राख्न/
अनि सफल बन 
उन्मुक्त हासोलाई छेकने
पर्खाल्हरुलाई शाहसको
हात्हरूले ढलाउन /