नम्रता गुरागाईं (नेब्रास्का)

(‘डायस्पोरा नेपाली कविता: अमेरिका विशेष’का लागि कवि ज्ञानेन्द्र गदालको संयोजनमा)

चिसोसंगको लडाइ

अचेल
कलिला दिनहरुमाथि
छिप्पिएको चिसो
बिहानैदेखि परेड खेल्छ
निम्सरो घाम अबेर आउछ
एकछिन चिसोको आखा छल्दै
हामीलाइ तताएर
बीसको उन्नाइस बनाउछ
समय ओरालो लागेपछि खै के हुन्छ कुन्नी
घाम अघिनै
डांडामाथिबाट हामीलाइ हात हल्लाउछ ।

चिसो क्रमशः
वातावरणलाइ काबुमा ल्याउछ
तातोपन विस्तारै लुगलुग काम्न थालेपछि
प्रतिरोधमा
म सिसाभित्रबाट पाखुरा सर्ुर्किन्छु
उ बाहिरबाट मुडकी उजाउछ
म भित्र आउलास् न भन्छु
उ लाखेस् न बाहिरमात्र निस्की भन्छ
हामी दिनभरी कुस्ती खेल्छौ
घरको सिसाभित्र र बाहिरबाट
उ जितेकोमा खुशी मनाउदै अझै कठोर हुन्छ
मपनि कहा हारेकी हुन्छु र
घर तताएर झन उसलाइ चुनौती दिन्छु
म दिनभरीको लडाइले बेलुका भुसुक्कै हुन्छु
उ रातभरी
हिउलाइ बरफमा रुपान्तरण गर्न ब्यस्त हुन्छ ।

भोली फेरी त्यही कथा दोहोरिन्छ
कचंन हिउ जताततै सफा र उज्यालो देख्दा
मनलाइ रोक्न नसकेर
थरी थरीका भाडा बनाउन जाउ जाउ लाग्छ
ढोका खोलेर बाहिर निस्कने वित्तिकै
सिरेटोले गालामा थप्पड दिन्छ
मेरा ताता गाला जब चिसोले राता राता हुन्छन
म धारे हात लाउदै हतार हतार घरभित्र पस्छु
घाम अलि छिप्पियो भने
भित्रैबाट खुच्चिउ भन्छु
उ मलाइ आखा तर्दै घाम नभएको ठाउतिर जान्छ
अध्यारो बढदै गएपछि
पग्लिएको हिंउलाइ कठोर बनाउनै मस्त हुन्छ
चिसो त्यही बुट कसेर बस्छ
चिसो त्यही गुट कसेर बस्छ ।