विक्रम सुब्बा

दुइ शहर
 
 
उता चिडियाखाना छ
र्सपहरु छन, गोहीहरु छन्
स्याल र भालूहरु छन्
गिद्धहरु छन्
 
 
यता मन्त्रालयहरु छन, संसद र क्याविनेट छ 
प्रधानमन्त्री, 
मन्त्री,
अध्यक्ष र सांसदहरु छन्
वाग्मतीको पुलले
यी दुबै शहरहरुलाई
चुपचाप जोडिदिएको छ