लक्ष्मी माली

(कवि स्नेह सायमीको संयोजनमा "नेपाली महिला कविहरूको कविता विशेष")
 
दुइ साना कविताहरु
 
दृष्टिकोण 
म देख्छु  
बगैँचाको 
रातो गुलाफ
मेरो आंगन रंगाउने 
साथी हो
गुलाफमा टल्पलिएको 
शीतको थोपा
मेरो मन बुझाउन आएको 
मोती हो 
जहाँ
भर्खर जन्मेको 
अबोध बालकको 
मुस्कान देख्छु  
जोसंग जिस्केर म 
आफुलाइ भुल्छु
कति पवित्र
कति सुन्दर 
हेरेरै म 
आनन्दित हुन्छु 
तर
उ देख्छ रातोमा रगत मात्रै
गुलाफप्रति इष्र्या मात्रै
हिंसा मात्रै
शीतमा मोती होइन आँशु मात्रै । 
गाँउखाने कथा 
घरको 
हरेक उत्सवमा 
सम्झन पर्ने, 
हरेक खुशियालीमा 
बोलाउन पर्ने
नयाँ उपहार दिनुपर्ने
भोजभतेर ख्वाउनु पर्ने
उनीहरु 
जो रिसाउलान कि भनेर 
डराइरहनु पर्ने
इष्र्या गर्लान कि भनेर  
जोगिरहनु पर्ने
सफलता सुनाउन नमिल्ने
विफलता बताउन नसकिने
लौ भन  त
को हुन उनीहरू ?
भन्न सकेनौ ? 
लौ सुन अर्को 
विपत्तिमा औधि रमाउने 
बिनासित्ति त्यसै रिसाउने
मृत्यु पर्ूब कामै नलाग्ने
मृत्युपछि नभइ नहुने
को हुन उनीहरू ?
जन्मिनु अघि सम्बन्ध छैन
जन्मपछि नबोलाइ नहुने
श्राध्दका साथीहरु
पास्नीका पाहुनाहरु
बिबाहका जन्तीहरु
लौ भन-भन त 
को हुन उनीहरू ?