पुष्प मुन:कर्मी

कट् फ्लावर

कोपिला मात्र के भेट्टायो
इन्जेक्सन दिएर छिट्टै फक्रायो
अनि श्रृङ्गारका सामान प्रयोग गरी
त्यसलाई अर्को रुप दियो "कट् फ्लावर"

"कट् फ्लावर" सेण्टर नाम राखेर
पसल पसलमा सजाई राख्यो
बेच्नका लागिर्
अर्डर अनुसार सप्लाई गर्नका लागि

यस्ता फूलले सजिन थाले
रेष्टुरेण्ट, होटलहरु
ठुला भनाउँदाहरका शयन कक्ष

कट् फ्लावर सजाएपछि ब्यापारले
उकालो चढेको देखेर
अन्य होटल, रेष्टुरेष्टले पनि
सजाउन थाले कट् फ्लावर

यहाँका कट् फ्लावरको शौन्दर्यमा रमेकाहरुले
विदेशमा समेत लान थाले
अब त ब्यापारीहरुले
विदेशतिर निर्यात गर्न थाले
यहाँका कट् फ्लावर

फूलको माग बढ्न थालेपछि
फूलका ठेकेदारहरु गाउँतिर पस्न थाले
अनि त्यहाका मानिसहरुलाई उक्साउन थाले
प्राकृतिक वातावरणमा फक्रिरहेका फूललाई
कट् ङ्खलावरमा बदल्न
अन्यलाई फूलका बोट रोप्न लगाए
पैसाको लोभ देखाउँदै
कोपिला आउनासाथ तिनिहरुलाई सुम्पन्न

कट् ङ्खलावरको शौर्न्दर्यमा
मोहित भइसकेकाहरुले
इण्टरनेट हेर्दै
विदेशी कट् फ्लावरको चाहना गरेकाले
विदेशबाट समेत ल्याउन थाले
कट् फ्लावर

विदेशबाट आएका विशेषज्ञ भनाउँदाहरु पनि
मुस्कुराउँदै रमाउन थाले
कट् फ्लावर सहितको स्वागत पाएपछि ।