हामी नेपाली कविताको संरक्षणका निम्ति संसारभरिका कवि साथीहरुसँग हातेमालो गर्दै जुटेका एक समूह हौं ।

डब्लु डब्लु डब्लु डट नेपाली कविता डट कम नेपाली कविताहरुको एक अन्तर्राष्ट्रिय विद्युतीय (Electronic) पुस्तकालय हो ।

यस पुस्तकालयमा संसारभरि जहाँसुकैबाट प्रकाशित नेपाली महाकाव्य, खण्ड-काव्य र कविता सङ्ग्रहहरु सङ्ग्रहित हुनेछन् ।

नेपाली कवि, नेपाली कविताका पाठक, अनुसन्धानकर्ताहरुका निम्ति एक सहज सेतुको रुपमा काम गर्नु नै यस पुस्तकालयको उद्देश्य हो ।

यस पुस्तकालयलाई स्थापना गर्न र समृद्ध बनाउन सबै कवि तथा कविताप्रेमी साथीहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वासका साथ-

सबैलाई स्वागत छ

॥ माघ १२, २०६० ॥
सम्पर्कको लागि:
पुस्तकालयका निम्ति

विक्रम सुब्बा (००९७७-१-४७८३५०१)
ingwaba2005@gmail.com

अथवा

बालकृष्ण न्यौपाने (१-५१२-७१६-०५९०, अमेरिका)
balnp@yahoo.com