(काभ्रेली साहित्य समाजको संयोजनमा: काभ्रेली कविता)

कठै ! म मान्छे

गन्तव्यहीन लक्ष्य
कुन्नि  कुन मोडमा
ठिङ्ग उभिनेछ ।
लाग्छ अर्थहीन जिन्दगी
विना उपलब्धी
मनभरि डरको घर बनाई
भट्किने वा भट्काउने हो
अनेक शंकालु दृष्टिमा बाँच्नु परेको छ  
उता गाई मार्ने अभियान चलिसकेछ
खसी-बोकाहरु युद्धका घोषणासँग
लड्न तयारी गर्दैछन्
कुन पल आज
इतिहास बन्दा
हाम्रा नामहरु कालो धब्बा बनेर
पन्नाहरुमा पर्नेछन्
म मान्छे हुनुको सजायँ भोग्दैछु
निकै डरलाग्दो
हरेक पल मृत्युसंगै
बाँच्नु पर्ने
कठै ! म मान्छे........
बरु निर्जीव प्राणी भए हुन्थ्यो