Nepalikavita
कला राई (हाल इजरायल)
(कवि दीप्स साहको संयोजनमा 'इजरायलका नेपाली कविता' विशेष)
नपठाउ सखी शुभकामना सन्देशहरु स्वदेसबाट मेरी हितैषी यसरी
मित्रले पत्र लेखिन
भो नपठाउ सखी शुभकामना सन्देशहरु
अर्थहिन बन्न सक्छन
नेपाल आमाको अस्तित्व धरासयमा परेको
यो दर्दनाक क्षणमा
यो सोकाकुल घडीमा
आफ्नै जन्मभुमिको कोखमा रहेको हामी नेपाली
अहिले निस्सासी रहेका छौ
ति भ्रस्त स्वर्थी नेताहरुले जनतालाई झुक्क्यएर
कालो गहिरो खादलमा धकेली रहेका छन
सखी
यहाँ कुनै खुशीयाली छैन
देश बिकासको कुनै पूर्वधार तयार छैन
हामी सँग त फगत भय त्रास अनी चिन्ता मात्र बाँकी छ
निर्दोष नेपाली जनताले युही ज्यान गुमाउनु परेको
हृदयबिदारक घट्नाहरु मात्र बाँकी छ
त्यसैले सखी
भो नपठाउ शुभकामना सन्देशहरु
बरु सक्छौ भने पठाउ
देश बिकासका लागि
परदेशी नेपाली सच्चा सपुतका योगदानहरु
देशलाई बिखन्दित हुनबाट जोगाउने अभियानहरु
घुसखोर चाकरी बाजहरुको चताइमा मस्त
ति भ्रस्त नेताहरु देख्दा
नाताबाद र कृपाबादले ग्रसित बनी
शिक्षित नेपाली जनसक्ती
बेरोजगारमा पिल्सिएर परदेसिनु परेको
त्यो पिडादयी क्षणहरुमा
तिमीले भनेकी थियौ होइन ?
देशमा एक पटक गनत्रन्त आउनै पर्छ
नयाँ संबिधान लेखिनै पर्छ
तर तिमीलाई थाहा छ ?
नया नेपाल बनाउने सुन्दर सपना देखाइ
निर्दोष नेपाली जनतालाई हातमा बन्दुक थमाइ
बषौ युद्दमा होमएका
ति कामरेड भनउदा नेता हरु
सम्पूर्ण सत्ता आफ्नो हातमा पार्ने दाउ पेचमा ब्यस्त छन
उनै नेताहरु झै पजेरो र महलको
सत्ता र कुर्सिको मोहमा
अन्धा बनी रहेका छन
त्यसैले सखी
भो नपठाउ शुभकामना सन्देशहरु
बरु सक्छौ भने पठाउ
सच्चा राष्ट्र सेवक जन्माउने
बिर्यका केही थोपाहरु
म गर्भधान गर्न तयार छु ।
देशमा गणत्रंन्त आउँदा हर्षले बिभोर हुँदै
तिमीले पत्र लेखेकि थियौ होइन
यसरी
अब
काठमाडौं एक्लै नचुलिएर
गाउ गाउमा बिकास पुग्ने भो
हामी सर्बहारा नेपाली जनताको जिबनमा
नयाँ बिहानी उषाको किरण छाउने भो
तर
गणत्रन्त पस्चात
म र म जस्ता गरीब गुरुवा निर्दोष मज्दुर नै
बलिको बोका हुन परेको छ
कानुन बिहिन देश जस्तै
हत्या र हिङ्साको सुनामी चलेको छ
सत्ता र कुर्सिको लालचमा
आफ्नै सन्तति द्वारा
नेपाल आमा पटक पटक बलात्कृनत भइ रहेकी छीन
त्यसैले सखी नेपाल आमा छाती भरी दुखी रहेको बेला
भो नपठाउ शुभकामना सन्देशहरु
बरु सक्छौ भने पठाउ
नेपाल आमाको अस्मिता जोगाउने
मजबुत कवजहरु
ति सम्पूर्ण भ्रस्ट नेताहरुलाई एकै खादलमा
नस्ट गर्ने
अत्भुत शक्तिका पुन्जहरु ।।।
कला कोयु