सुनेको कहानी न तिम्रो न मेरो
गएको जवानी न तिम्रो न मेरो
पिएको कुरा हो, जिएको कुरा हो
दिएको छु मायाँ त भन्ने कुरा हो
कहानी उसैको, उसैको छ पर्दा
उसैको शहर यो, उसैको छ चर्चा
तिमी साथ छायाँ त भन्ने कुरा हो
दिएको छु मायाँ त भन्ने कुरा हो
कुनै दिन् कुनै पल् म फुल्ने रहरमा
छु पर्खी बसेको, म तिम्रो अधरमा
नबोल्ने र बोल्ने त तिम्रो कुरा हो
दिएको छु मायाँ त भन्ने कुरा हो
म आगो बनूँ की, म पानी बनूँ की
तिमी छेउ आई खरानी बनूँ की
नघस्ने र घस्ने त तिम्रो कुरा हो
दिएको छु मायाँ त भन्ने कुरा हो
@मिलन नाविक
(छन्द : भुजङ्गप्रयात)