छन्द दुई प्रकारका हुन्छन: वर्णिक र मात्रिक। मात्रिक छन्दले प्रत्येक लाईनमा हुने मात्राको कुल संख्यामा ध्यान दिन्छ। वर्णिक छन्दले मात्राको संख्याको साथ साथै कुन क्रममा ह्रश्व वा दीर्घ लेख्ने त्यो पनि ध्यान दिन्छ ।
(क) नेपाली लोक छन्दहरू
* यसमा अक्षरको गन्ती गर्दा आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ। आधा अक्षर गन्ती हुँदैनन्।
(१) झ्याउरे लय (3.2 + 3.2 + 3.3=16 मात्रा )
*जम्मा १६ अक्षर । ५ र १० अक्षरमा विश्राम ।
क्षेत्रीको छोरो / यो पाउ छुन्छ / घिनले छुदैन
मानिस ठूलो / दिलले हुन्छ / जातले हुदैन
-महाकवि (मुना मदन)
(२) सवाई (4-4+4-2= 14 मात्रा)
* जम्मा १४ अक्षर, ८ अक्षरमा विश्राम ।
आशा सबै निराशामा / परिणत भयो ।
नदीजस्तै जवानी यो / कहाँ बगिगयो ।।
रुँदा रुँदै आँसु सुके / शून्य भयो मन ।
पीडा खपी दु:खी चोला / कति बाँच्नु भन ?
- कवि वीरेन्द्र नेपाल
(ख) संस्कृत मात्रिक छन्दहरू
(१) आर्या छन्द:
12 मात्रा - 18 मात्रा
12 मात्रा - 15 मात्रा
(ग) अन्य मात्रिक छन्दहरु
सम मात्रिक छन्द
-चौपाई (16 मात्रा)
अर्द्ध-सम मात्रिक छन्द
-दोहा (13 मात्रा +11 मात्रा)
-सोरठा (11 मात्रा +13 मात्रा)
-रोला (11 मात्रा + 13+ मात्रा)
-गीतिका / चंचरी (14+12)
-हरिगीतिका (16+12, अन्त्यमा लघु र गुरु)
-उल्लाला (13-13 मात्रा)