मोतीराम भट्ट

दुई आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो

~ मोतीराम भट्ट ~

Motiram Bhatta

मोतीराम भट्ट नेपाली साहित्यका अग्रिणी सर्जक मध्ये एक हुनुहुन्छ। उहाँलाई नेपालमा गजल विधाको सुरुवात गराउने सर्जकको रुपमा पनि चिनिन्छ।

थप हेर्नुहोस्:

नेपाली गजल.कम

सङ्गीतचन्द्रोदय