शब्द - मिलन नाविक

म मान्छे हुँ, 

म सँग शब्दको कमी छैन, 

म हरेक परिस्थितिलाई आफ्नो हिसाबले तुष्टिकरण गर्न सक्छु,

अनि हरेक समयलाई आफ्नो हिसाबले नामकरण  गर्न सक्छु !


अब भन, 

तिम्रो बेवास्तालाई म जलन भनौँ कि, 

वा तिम्रो चासोलाई म चिपकु भनौँ !


अनि तिम्रो मुस्कानलाई म नक्कलीको लेप लगाईदिउँ की,

वा तिम्रो दु:खलाई काल्पनिकको भेष पहिन्याई दिउँ ! 

   

तिम्रो उडानलाई निष्प्रयोजनको संज्ञा दिउँ कि, 

वा तिम्रो थकानलाई बनावटीको जामा भिराई दिउँ !


तिम्रो उपलब्द्यिलाई व्यर्थको नाम दिउँ कि,

वा तिम्रो नाकामीलाई स्वाभाविकको सम्मान दिउँ ! 


शताब्दी नै नभए पनि 

अनेकौँ दशकको जीवन अनुभव तिमी जस्तै ममा पनि छ,

र त्यो अनुभवले यो भन्छ,   


“हर! हर! महादेव!!!”


© मिलन नाविक